यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा – Nepalboli

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

   २०८३ आश्विन ६, मंगलवार  

काठमाडौं— संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्युयोर्क पुगेको छ ।

सोमबार अमेरिका पुगेका परराष्ट्रमन्त्री खनाललाई न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जोन एफ। केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

महासभाको उच्चस्तरीय सत्रअन्तर्गत परराष्ट्रमन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ ।

उनले महासभाका क्रममा विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

यसैबीच, नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह बुधबार, सेप्टेम्बर २२ मा अमेरिका पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणसँगै महासभामा नेपालको सहभागिता उच्चस्तरीय बन्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै