रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज निर्माण अघि बढ्यो, चार विषयगत उपसमिति गठन – Nepalboli

रास्वपाको ‘राइट टु रिकल’ दस्तावेज निर्माण अघि बढ्यो, चार विषयगत उपसमिति गठन

   २०८३ आश्विन ४, आईतवार  

काठमाडौँ—सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही बनाउने उद्देश्यले अघि सारेको ‘राइट टु रिकल’ अवधारणासम्बन्धी दस्तावेज निर्माण प्रक्रिया अघि बढाएको छ ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित दस्तावेज निर्माण समितिको पहिलो बैठकले चारवटा विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सांसद मनिष खनाललाई समितिको सचिवको जिम्मेवारीसमेत दिएको छ ।

चार विषयमा अध्ययन र समन्वयको जिम्मेवारी

समितिले गठन गरेका उपसमितिहरूलाई संवैधानिक तथा कानुनी प्रावधान, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवालासँगको छलफल र सञ्चार समन्वयसम्बन्धी जिम्मेवारी दिइएको ।

उपसमितिहरूको विवरण यस्तो छः

१  संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समिति — सुलभ खरेल र गजला शमिम मिकरानी

२  अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन समिति — अनुष्का श्रेष्ठ

३  सरोकारवालासँगको छलफल समन्वय समिति — समीक्षा बास्कोटा र करिस्मा कठरिया

४  सञ्चार तथा मिडिया समन्वय समिति — प्रमोद न्यौपाने

रास्वपाले ‘राइट टु रिकल’लाई जनप्रतिनिधिलाई मतदाताप्रति उत्तरदायी बनाउने संयन्त्रका रूपमा अघि बढाउने बताउँदै आएको छ । प्रस्तावित अवधारणालाई दस्तावेजका रूपमा तयार गर्न कानुनी अध्ययनदेखि सरोकारवालासँगको परामर्शसम्मका काम अघि बढाइनेछ ।

बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै