नेपाल–भारत आर्थिक सहकार्य र ऊर्जा साझेदारीमा जोड, अर्थमन्त्री वाग्लेको जयशंकरसँग भेट – Nepalboli

नेपाल–भारत आर्थिक सहकार्य र ऊर्जा साझेदारीमा जोड, अर्थमन्त्री वाग्लेको जयशंकरसँग भेट

   २०८३ आश्विन २, शुक्रबार  

काठमाडौं  —भारत भ्रमणमा रहेका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको हो ।

भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति समवेदना व्यक्त गरेका छन् । उनले नेपालसँगको सहकार्यमा आर्थिक विकास, ऊर्जा र कनेक्टिभिटीलाई प्राथमिकता दिने विषयमा जोड दिएका छन् ।

भेटवार्ताले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा र पूर्वाधारका क्षेत्रमा सहकार्य अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको संकेत गरेको छ ।

तीन दिने भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले यसअघि बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै