भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड, १ अर्ब रुपैयाँ निकासा – Nepalboli

भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड, १ अर्ब रुपैयाँ निकासा

   २०८३ भाद्र २९, सोमबार  

काठमाडौं— रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ ।

कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर जम्मा रहेको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र नागरिकको पुनर्स्थापनाका लागि आवश्यक स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

सरकारले राहत, पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको आवश्यकता र क्षतिको आधारमा थप स्रोत परिचालन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै