दैलेखमा सुख्खा पहिरोले कर्णाली राजमार्ग ठप्प, दर्जनौँ गाडी बाटोमै – Nepalboli

दैलेखमा सुख्खा पहिरोले कर्णाली राजमार्ग ठप्प, दर्जनौँ गाडी बाटोमै

   २०८३ भाद्र २४, बुधबार  

काठमाडौँ— दैलेखको दुल्लु नगरपालिका–१ भम्लुखोला क्षेत्रमा ठूलो सुख्खा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्गमा आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ ।

प्रहरी चौकी तल्लो डुङ्गेश्वरका अनुसार सडकमा ठूलो पहिरो खसेपछि दुवैतर्फका सवारीसाधन रोकिएका छन् । डुङ्गेश्वरबाट कालिकोटतर्फ जाँदै गरेका पाँच वटा र कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका ३० भन्दा बढी गाडी बाटोमै रोकिएका छन् ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक खुलाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्ने तयारी भइरहेको छ ।

पहिरो खसेको क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । प्रशासनले आधिकारिक सूचना नआएसम्म उक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्नसमेत अनुरोध गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै