बाढीपीडितका लागि राहत कोषमा पौने १२ अर्ब संकलन, रसुवाका लागि १ अर्ब निकासा – Nepalboli

बाढीपीडितका लागि राहत कोषमा पौने १२ अर्ब संकलन, रसुवाका लागि १ अर्ब निकासा

   २०८३ भाद्र २३, मंगलवार  

काठमाडौं— देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ संकलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार साँझसम्म कोषमा ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । विपद्पीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न स्रोतबाट उक्त रकम संकलन भएको हो ।

कोषमा जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा गरिएको हो । रसुवामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि तत्कालीन राहत तथा उद्धारका लागि उक्त रकम उपलब्ध गराइएको जनाइएको छ ।

सरकारले कोषमा संकलित रकमलाई विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा आवश्यक व्यवस्थापनमा परिचालन गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै