११ दिनपछि जीवित उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको घुँडाको शल्यक्रिया गरिँदै – Nepalboli

११ दिनपछि जीवित उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको घुँडाको शल्यक्रिया गरिँदै

   २०८३ भाद्र २०, शनिबार  

काठमाडौं — भोटेकोशी बाढीमा बेपत्ता भएको ११ दिनपछि बेत्रावतीबाट जीवितै उद्धार गरिएकी नुवाकोटकी ६३ वर्षीया चण्डिका श्रेष्ठको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।

उनका छोरा आशिष श्रेष्ठका अनुसार आमाको घुँडाको अप्रेसनको तयारी गरिएको छ ।

उद्धार लगत्तै नेपाली सेनाको छाउनीस्थित अस्पतालमा भर्ना गरिएकी श्रेष्ठको अहिले चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले उहाँको दाहिने तिघ्रामा गहिरो चोट रहेको र पहिलेदेखि नै मधुमेह, उच्च रक्तचाप र मुटु रोगको बिरामी रहेको जानकारी दिनुभयो । उहाँमा हाइपरथर्मियाको लक्षण समेत देखिएको बस्नेतले बताउनुभयो । चिकित्सकका अनुसार हाइपरथर्मिया भनेको शरीरको तापक्रम असामान्य रुपमा बढ्नु हो ।

भदौ १० गते आएको बाढीमा बेपत्ता हुनुभएकी श्रेष्ठलाई शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेत्रावती क्षेत्रबाट जीवितै उद्धार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै