प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने
काठमाडौं— प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला संसद् बैठकमा विपद्बाट भएको क्षति र त्यसपछिको अवस्थाबारे समेत विषय उठ्ने अपेक्षा गरिएको छ ।