प्रहरीको अलर्टः तिब्बती क्षेत्रमा फेरि ताल फुट्यो, सतर्क रहन आग्रह
काठमाडौं— तिब्बती क्षेत्रमा फेरि ताल फुटेको सूचना प्राप्त भएपछि नेपाल प्रहरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीले शुक्रबार सूचना जारी गर्दै उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको हो ।
प्रहरीका अनुसार यसअघि चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको थियो । छोचेन खोला र पुरेपू त्साङ्पो नदीलाई त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन् ।
ताल फुटेपछि त्यसको प्रभाव त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले नदी आसपासका बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई विशेष सावधानी अपनाउन भनेको छ ।
प्रहरीले सम्भावित जोखिमबाट जोगिन नदी किनार तथा तल्लो तटीय क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान र अनावश्यक रूपमा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।