राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ मा भर्नाको आधार सार्वजनिक – Nepalboli

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ मा भर्नाको आधार सार्वजनिक

   १८ श्रावण २०७९, बुधबार  

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन् ।

विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त हुनुपर्नेछ ।

कक्षा ११ मा विज्ञान र गणित विषयबाहेक अध्ययन गर्न चाहनेले सी प्लस प्राप्त नभए पनि भर्ना पाउने बोर्डले जनाएको छ ।

सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीले ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । परीक्षा नियन्त्रण कार्यालयले बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । ग्रेड वृद्धिको परीक्षा आगामी भदौ ११ र १२ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै