प्रतिनिधिसभामा आज खानी तथा खनिज पदार्थ विधेयक, दुई संसदीय समितिमा पनि छलफल – Nepalboli

प्रतिनिधिसभामा आज खानी तथा खनिज पदार्थ विधेयक, दुई संसदीय समितिमा पनि छलफल

   २०८३ श्रावण २६, मंगलवार  

काठमाडौँ — सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो सिंहदरबारमा बस्नेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैबीच, आजै प्रतिनिधिसभाअन्तर्गतका दुई संसदीय समितिको बैठक पनि बस्दैछ ।

सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आजका लागि तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका घटनाका कारण जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले पनि आज विभिन्न समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै