‘ढिलो होला, तर गलत हुँदैन’ : प्रधानमन्त्री – Nepalboli

‘ढिलो होला, तर गलत हुँदैन’ : प्रधानमन्त्री

   २०८३ श्रावण २३, शनिबार  

काठमाडौं—प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै आफूले अघि सारेका विषयमा धैर्य गर्न आग्रह गरेका छन् ।

शुक्रबार फेसबुकमा पोस्ट गर्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने बताएका हुन् । उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्।’

प्रधानमन्त्री शाहले बाहिरबाट सुनिएको वा देखिएको अवस्थाभन्दा वास्तविकता फरक हुन सक्ने संकेतसमेत गरेका छन् । उनले भनेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ ।’

त्यस्तै, आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने उल्लेख गर्दै शाहले यस्तो परिस्थिति आफ्नो लागि नयाँ नभएको बताएका छन् । उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन।’

प्रधानमन्त्री शाहको छोटो तर अर्थपूर्ण भनाइ सार्वजनिक भएसँगै उनको सन्देशको आशयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट चर्चा हुन थालेको छ। यद्यपि, उनले आफ्नो पोस्टमार्फत कुन विषय वा घटनालाई संकेत गरेका हुन् भन्नेबारे भने स्पष्ट खुलाएका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै