तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति – Nepalboli

तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको बीओपीमा क्षति

   २०८३ श्रावण २२, शुक्रबार  

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा भौतिक क्षति पुगेको छ ।

गएराति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो ।

पहिरोसँगै खसेका ठूला ढुङ्गाहरू एक–अर्कामा ठोक्किँदै उछिट्टिएर बीओपी परिसरमा पुगेपछि सशस्त्र प्रहरीको ब्यारेकसहित अन्य संरचनामा क्षति पुगेको जनाइएको छ ।

घटनापछि सुरक्षाकर्मी तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा घटनास्थलको निरीक्षण गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै