भारत सरकारको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माण सुरु – Nepalboli

भारत सरकारको सहयोगमा बाँकेमा विद्यालय भवन निर्माण सुरु

   २०८३ श्रावण १५, शुक्रबार  

भारत सरकारको आर्थिक सहयोगमा बाँके जिल्लाको खजुरा गाउँपालिका–८ स्थित श्री जनकल्याण माध्यमिक विद्यालय को नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सेलर श्री गीताञ्जली ब्रेन्डन र खजुरा गाउँपालिकाका अध्यक्ष श्री डम्बर बहादुर विक ले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब रु २.२ करोड लागतमा निर्माण हुने विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ। यो बाँके जिल्लामा सञ्चालन भइरहेको आठौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास समारोहमा खजुरा गाउँपालिकाका अध्यक्षसहित अन्य वक्ताहरूले शिक्षा क्षेत्रमा भारत सरकारले उपलब्ध गराउँदै आएको सहयोगको प्रशंसा गर्दै नयाँ भवन निर्माणपछि विद्यार्थी र शिक्षकका लागि थप सहज तथा गुणस्तरीय सिकाइ वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे।

भारतीय राजदूतावासले नेपाल–भारतबीचको घनिष्ठ मित्रता र विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यअनुसार शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग निरन्तर जारी रहेको जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै