भारत सरकारको रु ७.५ करोड आर्थिक सहयोगमा निर्माण हुने दार्चुलामा विद्यालय भवन शिलान्यास – Nepalboli

भारत सरकारको रु ७.५ करोड आर्थिक सहयोगमा निर्माण हुने दार्चुलामा विद्यालय भवन शिलान्यास

   २०८३ श्रावण ११, सोमबार  

भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित शैल्यशिखर नगरपालिका–९ मा रहेको श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। आज आयोजित कार्यक्रममा काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो।

भारतीय राजदूतावासका अनुसार करिब रु ७.५ करोड लागतमा निर्माण हुने विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। यो दार्चुला जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा शैल्यशिखर नगरपालिकाका मेयरसहित स्थानीय सरोकारवालाले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगको प्रशंसा गर्दै निर्माण सम्पन्न भएपछि नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै