काठमाडौको बबरमहलमा सबैभन्दा बढी ४९ मिलिमिटर वर्षा
बिहीबार दिउँसो भारी वर्षा भएसँगै माइतीघरक्षेत्र डुबानमा परेको छ । सडक र फुटपाथ डुबानमा पर्दा यात्रा असहज बनेको छ । काठमाडौँ उपत्यकाभित्र विहिवार दिउसो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भूभाग सुन्दरीजलमा २१ मिलिमिटर वर्षा भएको छ ।
उपत्यका नजिक काभ्रेपलाञ्चोकको नाला क्षेत्रमा ४१ मिलिमिटर, साँखु क्षेत्रमा ३० मिलिमिटर पानी परेको छ ।
अहिले काठमाडौँ, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि बढी सक्रिय देखिएको महाशाखाले जनाएको छ । हाल उपत्यका अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अहिले काठमाडौँ, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि बढी सक्रिय देखिएको महाशाखाले जनाएको छ ।