भारत र नेपालबीच ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समितिको बैठक सम्पन्न – Nepalboli

भारत र नेपालबीच ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समितिको बैठक सम्पन्न

   २०८३ असार ३१, बुधबार  

भारत सरकारको विद्युत मन्त्रालयका सचिव श्री पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री सरिता दवाडीको सह–अध्यक्षतामा ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३ औँ बैठक आज पोखरामा सम्पन्न भयो । यसअघि मगलवार पोखरामै ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३ औँ बैठक सम्पन्न भएको थियो । जसको सह–अध्यक्षता भारत सरकारको विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) श्री पंकज कुमार र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव श्री सन्दीप कुमार देवले गर्नुभएको थियो ।

बैठकहरुले जलविद्युत परियोजनाहरुको विकास, विद्युत व्यापार र प्रसारण पूर्वाधार लगायत भारत र नेपालबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यको विस्तृत समीक्षा गरेका छन । दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल लाइनसहित नयाँ प्रसारण लाइनहरूको विकासमा भएको प्रगतिको प्रशंसा गरेका छन । दुवै पक्षले हाल सञ्चालनमा रहेका र परिकल्पना गरिएका विद्युत् उत्पादन तथा प्रसारण आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने र सहजीकरण गर्ने उपायहरूबारे दुवै पक्ष विच छलफल भएको छ ।

बैठकमा भारतीय र नेपाली ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा परियोजनाहरूको विकास, ग्रीन हाइड्रोजनमा सहकार्य र नेपाली विज्ञहरूको क्षमता अभिवृद्धिका विषयमा समेत छलफल भएको छ ।

भारतीयउर्जा सचिव श्री पंकज अग्रवालले जेएससी बैठक अघि मंगलवार नेपालका माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै