भारत सरकारको ३.३ करोडको आर्थिक सहयोगमा सोलुखुम्बुमा गुम्बा भवनको निर्माण सुरु
भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने गुम्बाको भवनको सोलुखुम्बुमा मंगलवार शिलान्यास गरिएको छ । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माणका लागि आज लिखु पिके गाउँपालिकाका अध्यक्ष श्रीमती मिना कार्की बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव श्री अजय कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरेका हुन ।
भारत सरकारको आर्थिक सहयोग करिब नेरु. ३.३ करोड लागतमा यस गुम्बा भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ र यो नेपालको सोलुखुम्बु जिल्लाको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो र वहाँहरुले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध साँस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
