नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल – Nepalboli

नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल

   २०८३ जेष्ठ ३०, शनिबार  

काठमाडौँ – नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजनाहरूको बारेमा छलफल भएको छ । सीमापार रेलमार्ग परियोजना कार्यान्वयन र यस क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप बलियो बनाउने उद्देश्यले काठमाडौँमा दुई दिनसम्म बैठक चलेको थियो । हिजो सम्पन्न १०औँ प्रोजेक्ट स्टेयरिङ कमिटी र आठौँ संयुक्त कार्य समूहको बैठकले नेपाल–भारत रेल सञ्जाल विस्तारका विभिन्न विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेका जयनगर बिजुलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोड गेज रेलमार्गको हालसम्मको प्रगतिका बारेमा छलफल भएको थियो । यसका साथै दुवै पक्षले जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक पर्ने सञ्चालन प्रक्रियाको मस्यौदामाथि पनि छलफल भएको हो ।

बैठकले रक्सौल–काठमाडौँ ब्रोड गेज रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदनका विषयमा पनि महत्त्वपूर्ण छलफल भएको दूतावासले जनाएको छ । नेपालको पूर्व–पश्चिम रेलमार्गका लागि आवश्यक प्राविधिक सहयोग र भविष्यमा निर्माण गरिने अन्य सम्भावित रेल लिङ्कहरूबारे पनि दुई देशको बिचमा सहमति भएको छ ।

बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरूले रेल सेवाको क्षेत्रमा भइरहेको यो सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै