भारतीय आर्थिक सहयोगमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको सुनसरीको दुहवीमा शिलान्यास
भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्रको सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा शिलान्यास गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंह र दुहवी नगरपालिकाका मेयर श्री बेद नारायण गच्छदारले उक्त केन्द्रको संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
भारत सरकारको आर्थिक सहयोग करिब नेरु १६.४ करोडमा यस फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । दुहवी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गर्नुभयो र यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवद्र्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।