नेपाल र भारतबीच बहुआयामिक साझेदारी तथा घनिष्ठ सम्बन्ध- भारतीय विदेश मन्त्रालय – Nepalboli

नेपाल र भारतबीच बहुआयामिक साझेदारी तथा घनिष्ठ सम्बन्ध- भारतीय विदेश मन्त्रालय

   २०८२ फाल्गुन २८, बिहीबार  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल र भारतबीच बहुआयामिक साझेदारी तथा घनिष्ठ सम्बन्ध रहेको स्मरण गराएका हुन्। साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले हालै नेपालमा सम्पन्न प्रतिनिधीसभा निर्वाचनको नतिजालाई भारतले स्वागत गरेको बताउदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग गरेको टेलिफोन संवादबारे औपचारिक जानकारी समेत दिएको छ।

उनका अनुसार प्रधानमन्त्री मोदीले संवादका क्रममा भारत नेपालका लागि एक असल मित्र र छिमेकी भएको उल्लेख गर्दै नेपालका जनता तथा नयाँ सरकारसँग सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिको दिशामा अगाडि बढ्न भारत प्रतिबद्ध रहेको सन्देश दिएका थिए।

प्रवक्ता जैसवालले नेपालमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक भएको भन्दै त्यसको परिणामलाई भारतले स्वागत गरेको पनि बताए। साथै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुँदै जाने अपेक्षा भारतको रहेको उनले उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै