रास्पाको सुशासन बाचा – मैदानमा हत्या आरोपी देखि बदनाम ठेकेदार र ठगी आरोपी (क्यासिनो संचालक) उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टीले आज सुर्खेतको आमसभावाट आफनो पार्टीको घोषणा पत्र सार्वजनिक गरेका छन । सुशासन र भ्रष्टाचार हटाउने भन्दै एक सय वाचा सहितको बाचा पत्र घोषणा गरेको रास्पाले व्यहवार भन्ने ठिक उल्टो अभ्यास थालेको देखिन्छ । पुराना दलहरुको कुशासन विरुद्ध भएको जेन जी आन्दोलनको असरी हकदार भनेर दावी पेश गर्दै आएका रास्पाले आउदो २१ गते प्रतिनिभीसभा निर्वाचनमा भने उम्मेदवार चयन गर्दा उनको वाचा र अभ्यासमा ठिक उल्टो देखिएको छ ।
मधेश प्रदेशमा रास्पाले उतारेका उम्मेदवारहरुको हकमा यस्तो अभ्यास रास्पाले गरेको देखिन्छ ।
धनुुषा क्षेत्र नम्बर दुुईमा रास्पाले बनाएको प्रतिनिधीसभा उम्मेदवार रामविनोद यादव छन । यादव जनकपुरको संचारउद्यमी अरुण सिंघानियाको हत्याकाण्डमा मुछिएर १० बर्ष जेल बसेका छन । प्रहरी अनुसन्धानले हाल जेलमा रहेका संजय साह टक्ला संग मिलेर यादवले संचारउद्यमी सिंघानियाको हत्या गराएको प्रहरीको अनुसन्धानले देखाए पछि उनी पक्राउ परेका थिए । यादव माथी मधेशमा सशस्त्र समुह समेत संचालन गरेको आरोप थिए । तीनै यादवलाई रास्पाले मधेश प्रदेशको केन्द्रमा रहेको धनुुषा क्षेत्र नम्बर दुुईमा पार्टीको तर्फवाट प्रतिनिधीसभा उम्मेदवार बनेका छन । यादव मधेश आन्द्योलन पछिको तात्कालिन मधेशी जनअधिकार फोरमवाट समेत केहि समय राजनिती गरेका थिए । पछि लामो समय सम्म उनी हाल जनकपुर बमकाण्डमा जन्मकैद सजाय पाएका संजय साहको साथ रहेर काम गरेका थिए ।
रास्पा वाट उनी कसरी उम्मेदवार बन्न सफल भएर भनेर जनकपुरको बौद्धिक क्षेत्रमा कौतुलता समेत देखिएको छ ।
राम विनोद मात्र होईन धनुुषा क्षेत्र नम्बर एकमा समेत रास्पाले प्रतिनिधीसभाम बनाएको उम्मेदवार विवादित छवीका देसखएका छन । एमाले वाट राजनिती सुुरु गरेर जनमत पार्टी हुदै हाल रास्पावाट प्रतिनिधीसभा धनुुषा क्षेत्र नम्बर एकका उम्मेदवार बनेका किशोरी महतो वदनाम ठेगदारमा चित्रित छन । उनी माथी १ करोड १० लाखको चेक बाउन्सको मुद्धा समेत विचाराधिन रहेको देखिएको छ । महताले धनुुषा महोत्तरीका कयौन पुल टेक्का लिएर अलपत्र अवस्थामा छाडेको स्थानिय जानकारहरु बताउछन ।
यस्तै मधेश प्रदेशको सर्लाही जिल्लाको क्षेत्र नम्बर ३ मा रास्पाले बनाएको प्रतिनिधीसभा उम्मेदवार पनि विवादित देखिएका छन । क्यासिनो संचालक रहेको सर्लाही क्षेत्र नम्बर ३ का रास्पा उम्मेदवार माथी ५ करोड रकम ठगीको उजुरी नै परेको छ । अघिल्लो निर्वाचनमा माओवादीवाट उम्मेदवार बनेका साह यो पटक रास्पावाट उम्मेदवार बन्न सफल हुनुमा उनको अर्थले भुमिका खेलेको सर्लाहीका स्थानिय अगुवाईहरुको दावी छ । मधेश प्रदेशको ३२ ओटा सिट मध्ये रास्पाले २१ ओटा अरु पुराना पार्टीहरु वाट भित्रिएर उम्मेदवार बनाएका छन । जस मध्ये अधिकांशको विगत विवादित देखिएका छन । रास्पाले गएको माघ ५ गते वेलेकी उम्मेदवार तय जनकपुर उक्त पार्टीका नेताहरु बसेको होटल अगाडी प्रर्दशन नै भएका छन । नेताहले पैसा असुल गरेको टिकट वितरण गरेको स्वयंम रास्पाका कतिपय पुराना नेताहरुले आरोप लगाएका थिए ।