भारत सरकारद्धारा नेपाली सेनालाई ५० र निर्वाचन प्रयोजनका लागी थप २७० सवारीसाधन हस्तान्तरण
भारत सरकारले नेपाली सेनालाई ५० वटा ट्रकहरु सहित २७० भन्दा बढी सवारी साधन तथा अन्य निर्वाचन सामग्रीहरु नेपाल सरकारलाई आज हस्तान्तरण गरेका छन । आज गृह मन्त्रालयमा आयोजित एक समारोहका बीच भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारबाट प्राप्त निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेपका सहयोग साम्रगीहरु नेपालका गृहमन्त्री ओमप्रकाश अर्याललाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन ।
नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गरिएको सहयोगको तेस्रो खेप अन्तर्गत नेपाली सेनाका लागि ५० वटा ट्रकहरु सहित २७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरु रहेका छन् जुन आगामी निर्वाचनको तयारीका लागि नेपालले खोजेको सहयोग अनुरुप रहेको छ । नेपाली सेनाका लागि प्रदान गरिएका यी ट्रकहरु प्रधान सेनापति महारथी अशोक राज सिग्देलले राजदूत श्रीवास्तवबाट ग्रहण गरेका थिए ।
गृहमन्त्री अर्यालले नेपाललाई समयमै उपलब्ध गराइएको र निकै नै महत्वपूर्ण मानिएको यस सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद व्यक्त गरे । भारत सरकारबाट प्राप्त यस्ता निर्वाचन सम्बन्धी सहयोगको पहिलो दुई खेपहरु जसमा ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरु समावेश छन् । यस अघि माघ ६ र माघ १५ गते नेपाललाई पहिलो र दोस्रो खेपको सहयोग हस्तान्तरण गरिएको थियो ।
