मधेश केन्द्रित नेताहरुद्धारा रास्पा र तीनको नेतृत्वको आलोचना
मधेश केन्द्रित दलहरुका नेताहरुले रास्पा र तीनको नेतृत्वको आलोचना गरेका छन । मधेशी भनेर प्रधानमन्त्री उम्मेदवार बन्दै मधेशमा मत मागेको रास्पा वरिस्ठ नेता वालेन शाह देखि उक्त पार्टीका सभापति रवी लामीछाने समेत माथी मधेश केन्द्रित नेताहरुले प्रश्न उठाएका छन । मधेश आन्दोलनमा नागरिक अगुवाको भुमिकामा देखिएका सप्तरीका वलराम यादवले वालेन शाह चुनावी मधेशी वालेन मात्र भएको भन्दै वास्तवीक वालेनमा मधेश प्रति कुनै सम्मान नरहेको आरोप लगाएका छन । यादवले काठमाडौको मेयर भएको वेला वालेनले आफुलाइ मधेशी भन्न समेत नरुचाएको स्मरण गर्दै पहाड़े नश्लको रुपमा उनलाई चित्रित गरेका छन । उनले बालेनले पनि मधेशी कार्ड खेलेकोले भ्रममा नपर्न समेत मधेशी समुदायलाई आग्रह गरेका छन ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वालेन शाह र रवी लामीछानेलाई अराजनितीक व्यक्ति भएको भन्दै समाजिक सन्जलको भरमा राजनिती नचल्ने ठोकुवा गरेका छन । जसपा नेपालका अध्यक्ष यादवले एक छिन रड बदल्दैमा कोई मधेशी बन्न नसक्ने समेत आरोप लगाएका छन । उनलेले वालेन शाह समाजिक सन्जालको प्रधनमन्त्री मात्रै भएको दावी समेत गरेका छन ।
यस्तै जनमत पार्टीका अध्यक्ष डा सिके राउतले समेत रास्पा सभापति रवी लामीछाने र वरिष्ठ नेता वालेन शाह मधेश तथा संघियता विरोधी भएको आरोप लगाएका छन । राउतले रास्पा घोषीत रुपमै संघियता खारेज पक्षधर राजनिती दल भएको भन्दै कुनै पनि अमुक व्यक्ति भोट कै लागी मधेशी भन्दैमा त्यसलाई मधेशले नपत्याउने दावी गरेका छन ।
जनमत पार्टीका अका नेता बसन्त कुशवाहाले समेत समाजिक सन्जालमा रास्पालाई सहकारी ठग पार्टी भन्दै २१ सिट सहित जित अघिल्लो प्रतिनिधीसभामा के के गरे भनेर प्रश्न गरेका छन । कुशवाहाले रास्पाले २१ सिट प्रतिनिधीसभामा हुदा दुुई दुुई पटक सरकारमा उपप्रधानमन्त्री सहित गृहमन्त्री भएको रास्पाले जनताको पक्षमा के के गरे भनेर सार्वजनिक गर्न चुनौति दिएक छन ।
जसपा नेपालका युवा नेता सुरेश मंडलले रास्पालाई घण्टी बचाउन आग्रह गदै संघियता मधेश केन्द्रित दलहरुले ल्याएको र बचाउने पनि दावी गरेका छन । उनले रास्पाका वरिष्ठ नेता वालेन शाहले चुनावमा भोट माग्न कै लागी संघियताको पक्षमा कुरा गरे पनि रास्पाको घोषीत निती संघियता खारेज रहेको आरोप लगाएका छन ।