राष्ट्रपति पौडेल माघ १८ मा जापान जाने
नेपाल बोली
२०८२ माघ १४, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै