भारतको सबैभन्दा शक्तिशाली अपरेशनल रकेट बाहुबलीको सफल प्रक्षेपण – Nepalboli

भारतको सबैभन्दा शक्तिशाली अपरेशनल रकेट बाहुबलीको सफल प्रक्षेपण

   २०८२ पुष १०, बिहीबार  

बुधबार भारतीय भूमिबाट हालसम्मकै सबैभन्दा भारी उपग्रहलाई सफलतापूर्वक कक्षामा पुर्‍याउँदै विश्वव्यापी व्यावसायिक अन्तरिक्ष बजारमा भारतले आफनो उपस्थिती वलियो बनाएको छ। संयुक्त राज्य अमेरिकाको सञ्चार उपग्रह ब्लूबर्ड ब्लक-२ जुन तल्लो पृथ्वी कक्षमा राखिएको अहिलेसम्मकै सबैभन्दा भारी सञ्चार उपग्रह हो, जाहावाट भारतको सबैभन्दा शक्तिशाली अपरेशनल रकेट बाहुबलीको सफल प्रक्षेपण गरिएको छ।

प्रक्षेपणपछि करिब १५ मिनेटमै उपग्रह रकेटबाट सफलतापूर्वक अलग भई करिब ५२० किलोमिटर उचाइको निर्धारित कक्षामा स्थापना गरिएको स्थान पुगेको जनाएको छ।

अन्तरिक्ष विभागका सचिव तथा इस्रो अध्यक्ष डा भी नारायणनका अनुसार यो भारतीय प्रक्षेपण यानबाट उडाइएको हालसम्मकै सबैभन्दा भारी उपग्रह हो। उहाँले यो तेस्रो पूर्ण व्यावसायिक मिसन समेत भएको उल्लेख गर्दै यानको विश्वस्तरिय प्रदर्शन र भरपर्दो इतिहास पुनः प्रमाणित भएको बताउनुभयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सफल प्रक्षेपणलाई भारतको अन्तरिक्ष यात्रामा महत्वपूर्ण उपलब्धि भन्दै बधाई व्यक्त गर्नुभयो। उहाँले यो उपलब्धिले भारतको हेभी-लिफ्ट क्षमता मजबुत बनाएको र अन्तर्राष्ट्रिय व्यावसायिक प्रक्षेपण बजारमा भारतको भूमिका अझ सशक्त बनाएको बताउनुभयो।

इसरोले विगत केही वर्षयता लगातार सफल मिशनहरू सञ्चालन गर्दै आएको छ। चन्द्रयान, गगनयान तयारी, व्यावसायिक उपग्रह प्रक्षेपणदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्मका परियोजनाले भारतलाई अन्तरिक्ष सेवाको विश्वसनीय केन्द्रका रूपमा स्थापित गरेको पृष्ठभूमिमा यो प्रक्षेपणलाई महत्वपूर्ण उपलब्धि मानिएको छ। अन्तरिक्ष विज्ञहरूका अनुसार भारतले केवल विकासोन्मुख देशको हैसियतबाट बाहिर निस्केर अब विश्वकै प्रमुख ‘स्पेस हब’ बन्ने दिशामा ठोस कदम चालेको छ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रतिस्पर्धाबीच पनि अमेरिका जस्ता प्रविधिमा अग्रणी देशहरूले आफ्ना महत्वपूर्ण उपग्रह प्रक्षेपणका लागि भारत रोज्नुले इसरोले समयक्रममा निर्माण गरेको विश्वास, प्राविधिक अनुशासन र सफलताको इतिहासलाई झल्काउने विश्लेषण गरिएको छ। यस घटनाले आगामी दिनमा भारतलाई अझ बढी अन्तर्राष्ट्रिय अन्तरिक्ष परियोजनाहरूको केन्द्र बनाउने अपेक्षा समेत गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै