भारतको अगुवाईमा नेपाल सहितको दक्षिण एसियाको देशवाट लन्च हुदै ‘जेक्टोर’ सुपर एप
भारतको एक आईटी कम्पनीको अगुवाईमा नेपाल, श्रीलंका र बंगलादेश सहितको दक्षिण एसियाका देशहरु वाट ‘जेक्टोर’ नामक समाजिक सन्जाल एप सार्वजनिक हुन लागेका छन । उक्त आईटी कम्पनीका प्रतिनिधीहरुले शुक्रवार काठमाडौमा पत्रकारहरु संग अन्तक्रिया गर्दै ‘जेक्टोर’ नाम समाजिक सन्जाल एप सार्वजनिक गर्न नेपाल सहितका देशहरुमा दर्ताको प्रक्रिया अगाडी वढेको जनाएका छन । प्राबिधिक रुपमा सम्पुर्ण काम सकिए पछि भारतमा हाल उक्त एप परिक्षणका लागी प्रयोगमा समेत ल्याईसकिएको छ ।
नेपाल सहित श्रीलंका र बंगलवादेशमा ‘जेक्टोर’ नामक सामाजिक डिजिटल प्लेटफर्म एक महिना भित्र ल्याउने गरि कामहरु अगाडी बढाईएको छ । कम्पनीले ‘जेक्टोर’ लाई व्यवहार ट्रयाकिङ नगर्ने तथा प्रयोगकर्ताकेन्द्रित सुरक्षा संरचनामा आधारित ‘स्वतन्त्रता डिजाइन गरिएको प्लेटफर्म’का रूपमा प्रस्तुत गरेको छ ।
दुई दशकदेखि अमेरिकी, रसिया र चिनियाँ ठूला प्राविधिक कम्पनीले दक्षिण एसियालाई ठूलो उपभोक्ता बजार र डाटा स्रोतका रूपमा उपयोग गर्दै आएको छ । यस सन्दर्भमा दक्षिण एसियाका देशहरुको साथमा भारतीय कम्पनीले जेक्टोर नाम समाजिक सन्जाल ल्याउन लागेका हुुन । यसले प्रयोगकर्ताको निजी जीवन र मर्यादा प्राथमिकतामा राखिएको कम्पनीका प्रवक्ता सोमनाथ अर्याले बताएका छन ।
उनका अनुसार यो प्लेटफर्ममा ट्रयाकिङ, प्रोफाइलिङ, व्यवहारगत डाटा संकलन, अल्गोरिद्मिक दबाब तथा व्यवहार–आधारित तथ्यांक संकलन गरिने छैन । प्रयोगकर्ताले चाहेको सामग्री मात्र हेर्न सक्ने संरचना तयार गरिएको छ । जेक्टोरले ‘जिरो बिहेवियर ट्रयाकिङ मोडल’ र ‘जिरो नलेज संरचना’ नै प्लेटफर्मको मूल आधार रहेको जनाएको छ ।
कम्पनीका अनुसार, जिरो नलेज प्रविधिअन्तर्गत सबै व्यक्तिगत सन्देश, मिडिया तथा गतिविधि यति कडा इनक्रिप्टेड हुन्छन्, जसमा प्लेटफर्म स्वयंको पनि पहुँच पुग्दैन । मुख्य धारका कुनै सामाजिक सञ्जालले यस्तो प्रविधि नअपनाएको कम्पनीको दाबी छ ।
महिलाको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै फोटो भिडियो डाउनलोड गर्न नपाइने, नग्नता वा हानिकारक सामग्री पहिचान गरी एआईले तुरुन्तै रोक्ने तथा ठगी वा ब्ल्याकमेलिङ चेनलाई संरचनागत रूपमा अवरुद्ध गर्ने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।
