असंवैद्यानिक कदम चाले पछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी बर्खास्त
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । भण्डारीले सोमवार विहान संविधान बाहिर गएर एमालेका नेता सरोज यादवलाई मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त गरेर कार्यलय वाहिर एउटा रिर्सोटमा सपथ खुवाएका थिए । जसको सर्वत्र विरोध भए पछि आज साझ बसेको मन्त्रीपरिषद बैठकले भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । साथै सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम पनि सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्र लाभलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको संचारमन्त्रीले जनाएका छन ।
बर्खास्त भएका मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध रक्कीप्रसाद साह र सुजित यादवले रिट दायर गरेका हुन्।
मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो।
‘सरकार गठन प्रक्रियाका लागि संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै पनि प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले काननु नै मिचेर धारा १६८ को उपधारा ३ मा टेकेर सरकार गठन गरेको विषयमा त्यसको बर्खीलाप रिट निवेदन दायर गरेको हो,’ रक्कीप्रसाद साहले भनेका छन्।
नयां सरकार गठनको विरुद्धमा सोमवार जनकपुरमा प्रर्दशन समेत भएका छन । मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यलयमा तोडफाड समेत गरिएको छ ।