भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई नेपालको औपचारिक भ्रमणमा
दुुई देशीय न्यायीक सम्मेलनमा सम्बोधन, नेपाल भारतको सर्वोच्च अदालत विच रहेको सयन्त्रको बैठक पनि बस्दै
नेपालको सर्वोच्च अदालतको प्रधानन्यायाधीशको औपचारिक निमन्त्रणमा नेपाल आएका भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले शनिवार नेपाल-भारत न्यायिक संवाद २०२५ लाई सम्बोधन गरेका छन । काठमाडौमा आयोजित यो न्यायीक सम्मेलनमा हालको न्यायशास्त्र र न्याय क्षेत्रका सुधारहरूको विषयमा छलफल भएका थिए । न्यायीक सवाद कार्यक्रमका लागी शुक्रवार नेपाल आएका भारतीय प्रधानन्यायाधीश दुुई देशको सर्वोच्च अदालतको स्तरमा रहेको सयन्त्रको बैठकमा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
भारतका प्रधानन्यायाधीश शनिवार नै लुम्बिनीको भ्रमण समेत गरेका छन् । न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो नेपाल यात्रा हो । गबईले लुम्बिनी आगमनलाई विशेष आध्यात्मिक अवसरका रूपमा लिएको बताएका छन्।
शनिबार बिहान लुम्बिनी प्रवेश गरेका गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का, वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईसहित कोषका अधिकारी तथा कर्मचारीहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिएका थिए । उनले मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै शुत्रपाठ गरेका थिए । साथै, विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत-नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्दै दियो प्रज्वलनसमेत गरेका थिए।
लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरुयोजना र हाल सञ्चालनमा रहेका विकास–निर्माणका गतिविधिबारे चासो देखाएका थिए । भारतका प्रधानन्यायाधीश आइतवार स्वदेश फर्केने कार्यक्रम रहेको छ ।