काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस-२०२५ को उत्सव कार्यक्रम आयोजना – Nepalboli

काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस-२०२५ को उत्सव कार्यक्रम आयोजना

   २०८२ श्रावण ३०, शुक्रबार  

भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौ स्थित भारतीय दुतावासले शुक्रवार उत्सव कार्यक्रम आयोजना गरेको छ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागीतामा शुक्रवार काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाइएको दुतावासले एक वक्तव्य निकालेर जनाएको छ ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रम शुभारम्भ भएको थियो । तत्पश्चात् कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रस्तुत गरिएको थियो । आफ्नो सम्बोधनमा माननीय राष्ट्रपतिले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा राजदूतले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्नुभयो र कुल नेरु ६.४ करोडको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गर्नुभयो । दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो ।

कार्यक्रममा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरुमा साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै