मारवाडी युवा मञ्च जनकपुरद्वारा रक्तदान कार्यक्रम आयोजना – Nepalboli

मारवाडी युवा मञ्च जनकपुरद्वारा रक्तदान कार्यक्रम आयोजना

   २०८२ श्रावण २५, आईतवार  

जनकपुर- अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मञ्च जनकपुरले आइतबार जनक चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरमा रगतको आभाव भइरहेको बेला रेडक्रस सोसाइटीको अनुरोधमा मारवाडी युवा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेको मञ्चका अध्यक्ष राहुल सिंघानियाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गरी ६५ जनाले रकतदान गरेको मञ्चका अध्यक्ष सिंघानियाले बताए। रक्तदानमा ५८ पुरुष र ७ जना महिलाले रक्तदान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै