नेपालका तीन क्रिकेट खेलाडीलाई भारतमा एक महिने प्रशिक्षण
नेपालका तीन क्रिकेट खेलाडीलाई भारत सरकारले एक महिने प्रशिक्षणका लागी भोपाल पठाउन लागेका छन । नेपाली यू–१९ क्रिकेट खेलाडीहरू नरेन भट्ट, साहिल पटेल र पूजा महतोले भारतमा एक महिने प्रशिक्षण लिने तय भएको नेपाल स्थित भारतीय दुतावासल जनाएको छ। नेपालस्थित भारतीय राजदूतावासले घोषणा गरेको ‘नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’अन्तर्गत तीन खेलाडीलाई भोपालस्थित एलबी शास्त्री क्रिकेट शालामा एक महिने लामो व्यावसायिक क्रिकेट प्रशिक्षणमा पठाउन लागिएको हो ।
सन् २०२५ को जुन महिनामा घोषणा गरिएको उक्त फेलोशिप कार्यक्रमले नेपाली क्रिकेट प्रतिभाको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको राजदूतावासले जनाएको छ ।
१५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म हुने उक्त प्रशिक्षण कार्यक्रमको अवसरमा भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले आज खेलाडीहरूसँग भेटघाट गरेका छन् । उक्त भेटघाटमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि सहभागी थिए ।
भेटका क्रममा राजदूत श्रीवास्तवले खेलाडीहरूलाई शुभकामना दिँदै क्रिकेटजस्तो साझा चासोका माध्यमबाट नेपाल–भारतबीचको जनता–जनताको सम्बन्धलाई थप मजबुत बनाउन खेल कूटनीति महत्त्वपूर्ण माध्यम भएको उल्लेख गरे ।