युरोपेली संघका दिल्ली स्थित २१ राजदूत काठमाडौँमा – Nepalboli

युरोपेली संघका दिल्ली स्थित २१ राजदूत काठमाडौँमा

   २०८२ जेष्ठ ६, मंगलवार  

भारतको राजधानी नयाँ दिल्लीमा रहेका युरोपेली संघका सदस्य राष्ट्रहरूका २१ राजदूत र प्रतिनिधिहरू तीन दिने काठमाडौँ भ्रमणमा आएका छन । सोमवार काठमाडौ आएका यी टोली बुधवार फर्केने कार्यक्रम छ । वार्षिक मिसन प्रमुखको नेपाल भ्रमणको लागि उनीहरू काठमाडौँ आएको नेपालस्थित ईयू डेलिगेसनको कार्यालयले विज्ञप्ती निकालेर जनाएको छ।

राजदुतहरुले युरोपको भावनामा आयोजना गरिएको यस भ्रमणले नेपालका प्राथमिकताहरू बुझ्ने र सहयोगका क्षेत्रहरू उजागर गर्ने नेपालस्थित डेलिगेसनले जनाएको छ। डेलिगेसनले विज्ञप्तिमार्फत जनाएअनुसार यस क्रममा उच्चस्तरीय बैठकहरू, विभिन्न क्षेत्रका भ्रमणहरू र विविध क्षेत्रका सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएका छन्।

भ्रमणको क्रममा राजदूतहरूको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी घरेलु र विदेशी नीतिका मुद्दाहरूमा छलफल गरेको थियो। यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि सोमबार साँझ नै उक्त टोलीले शिष्टाचार भेट गरेको छ।

डेलिगेसनले मंगलवार नेपाल विद्युत प्राधिकरणको समेत अवलोकन गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै