भारत र चीनको विज्ञप्तीमा लिपुलेक कतै उल्लेख नभए पनि नेपालमा वितण्डा – Nepalboli

भारत र चीनको विज्ञप्तीमा लिपुलेक कतै उल्लेख नभए पनि नेपालमा वितण्डा

   २०८१ पुष १६, मंगलवार  

भारत र चीन विचमा हालै भएको उच्चस्तरीय सयन्त्रको बैठक र त्यस पश्चात दुवै देशले जारी गरिका विज्ञप्तीलाई लिएर नेपालमा समनजिक सन्जाल देखि राजनितीक वृतमा वितण्डा मच्चिएको देखिन्छ । नेपालका केहि वुद्धजिवीहरु तथा संचारमाध्यमहरुले भारत र चीनले नेपाललाई कुनै सोधपुछ नै नगरिकन लिपुलेकको वाटो प्रयाग गर्ने गरि दुवै छिमेकस्ले सहमती गरेको दावी गरेका थिए ।

यद्यपी भारत र चीनको उच्चस्तरीय सयन्त्रको बैठक पश्चात जारी गरिएको दुवै देशको विज्ञप्तीमा लिपुलेप कतै उल्लेख गरेक छैन । दुवै देशले सिमा व्यापारलाई थप सुुदृढ गर्दै कैलाल मानसरोवरका यात्रीहरुलाई थप सहजीकरण गर्दै लजाने सहमती गरेका छन । जसलाई नेपालमा एकथरीले लिपुलेकसंग जोडेर व्याख्या गरेर चीन भन्दा पनि भारतको आलोचना गर्दै आएका छन ।

बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागीमा दुवै देशको उच्चस्तरीय सयन्त्रको बैठक बसेको थियो । जुन बैठकले भारत र चीनको पछिल्लो केहि समय यताको सम्बन्धमा सुधारको रुपमा समेत व्याख्या गरेका छन । तर नेपालमा त्यसलाई लिएर एकथरी विच वितण्डाकै रुप लिएका छन ।

नेपाली नेताहरु भुल्न चाहेको तर भुल्न नसकेको ‘लिपुलेक–राष्ट्रवाद’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै