समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने – Nepalboli

समितिमा विचाराधीन विधेयकको विषयमा सत्तारूढ दलहरूले छलफल गर्ने

   २०८१ पुष ११, बिहीबार  

संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूको विषयमा सत्तारूढ दलहरूले आ–आफ्नो दलमा छलफल गर्ने भएका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियारको अध्यक्षतामा आज बसेको सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलको बैठकले विचाराधीन विधेयकहरूको विषयमा दलहरूले छलफल आन्तरिक छलफल गर्ने निर्णय गरेको हो ।

‘१७ गतेभित्र आआफ्नो दलमा छलफल गर्ने निचोडमा हामी पुगेका छौँ‚’ सहमहामन्त्री परियारले भने ।

दलहरूले समितिमा विधेयकको अवस्था‚ छलफल पश्चात् भएका प्रगति लगायत विषयमा छलफल गर्ने र १८ गते बस्ने संयन्त्रको बैठकमा छलफल गर्ने सहमति बनेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै