विश्व ध्यान दिवसको अवसरमा नेपाल स्थित भारतीय दुतावासमा ध्यान कार्यक्रमको आयोजना
विश्व ध्यान दिवसको उद्घाटन समारोह मनाउन नेपाल स्थित भारतीय दुतावासले एक कार्यक्रम आयोजना गरेका थिए । दुतावासले काठमाडौँको श्री चिन्मय केन्द्रसँगको सहकार्यमा दूतावास परिसरमा एक ध्यान कार्यक्रमको आयोजना गरेका हुन ।
वैश्विक सद्भाव प्रवर्द्धन गर्दै र मानसिक स्वास्थ्यलाई बढावा दिदै श्री चिन्मय केन्द्रका सदस्यहरु साथै दूतावासका अधिकारीहरुले ध्यान अभ्यास गर्न उक्त ध्यान कार्यक्रममा सहभागीता जनाएका दुतावासले जनाएको छ । विश्व ध्यान दिवसको अवसरमा आज देखि विभिन्न कार्यक्रमहरु सुुरु भएका छन ।