भारतमा प्रशिक्षण लिन गएका नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग भारतीय राजदूतद्धारा अन्तक्रिया
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रवार २६ जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरूसँग अन्तक्रिया गरेका छन । राजदुतसंगको अन्तक्रियामा सहभागी २६जना नेपाली कूटनीतिज्ञ र अधिकारीहरू केहि अघि भारत पुुगेर प्रशिक्षण लिएका थिए । राजदुत श्रीवास्तवले समग्रमा प्रशिक्षण कस्तो रह्यो भन्ने बारे बुझ्न अन्तरक्रिया सत्रको आयोजना गरेको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ । सत्रको दौरानमा, राजदूतले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरू बारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे सहभागीहरुसँग बुझेका थिए ।
नयाँ दिल्लीस्थित विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा (एसएसआइएफएस) नेपाली कूटनीतिज्ञ तथा अधिकारीका लागि राखिएको पहिलो विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्लले समूहले मिति २०८१ मंसीर ५ देखि १५ गतेसम्म भारतको भ्रमण गरेको थियो।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरुको टोलीमा परराष्ट्र मन्त्रालयस अर्थ मन्त्रालयस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयस कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस शहरी विकास मन्त्रालयस कृषि तथा पशुपन्छी विकास मन्त्रालयस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस तथा रेल विभागका प्रतिनिधिहरु रहेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रमले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी) , भारत(नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर, र रेस्पोन्सिबल एआई सहित थुप्रै विषवस्तुलाई समेटेको थियो। उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण- ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबंधन प्राधिकरण, र प्रधानमन्त्री सङ्ग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए। प्रशिक्षण कार्यक्रममा वाराणसी,सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए । कार्यक्रमको समापनमा सहभागीहरुले भारतका विदेश सचिवसँग अन्तरक्रिया गर्ने अवसर पाएका थिए ।