लुम्बिनीमा पूजापाठ गर्न आइपुगे २२७ चिनियाँ भिक्षु – Nepalboli

लुम्बिनीमा पूजापाठ गर्न आइपुगे २२७ चिनियाँ भिक्षु

   २०८१ मंसिर २८, शुक्रबार  

लुम्बिनीमा शनिबार हुने पूजापाठमा भाग लिन २२७ चिनियाँ भिक्षु नेपाल आइपुगेका छन्। एयर चाइनाको चार्टर्ड फ्लाइटबाट उनीहरु शुक्रबार अपराह्न गौतम बुद्ध विमानस्थले भैरहवामा ओर्लेका हुन्। चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ स्याओहुईले नेतृत्व गरेको टिम भैरहवा आइपुगेको हो। चिनियाँ राजदूत चेन सोङले उनीहरुको तस्वीर ट्वीटरमा राख्दै स्वागत गरेका छन्।

‘अहिलेसम्मकै सबैभन्दा बढी यात्रु बोकेको उडानमा आएका चिनियाँ भिक्षुलाई स्वागत,’ राजदूत चेनले भनेका छन्, ‘नेपाल र चीनलाई बौद्धधर्मले सांस्कृतिक आदानप्रदानमार्फत् जोड्ने छ।’ राजदूतले २२७ जना भनी उल्लेख नगरी पनि २२० भन्दा बढी भिक्षु भन्ने शब्द प्रयोग गरेका छन्।

शुक्रबारै राजधानीमा नवौं नानहाई बुद्धिज्म राउन्डटेबल आयोजना भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए।

नानहाई बुद्धिज्म राउन्डटेबलमा भाग लिन चीन, थाइल्यान्ड, लाओस्, श्रीलंका, कम्बोडिया, भियतनाम, म्यानमार, बंगलादेश, मंगोलियासहित २० देशका धर्मगुरु, प्रतिनिधि काठमाडौं आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै