भारतीय स्थल सेनाध्यक्ष द्विवेदीद्धारा मुक्तिनाथ दर्शन – Nepalboli

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीद्धारा मुक्तिनाथ दर्शन

   २०८१ मंसिर ८, शनिबार  

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आजै सेनाध्यक्ष द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेका छन् । हेडक्वार्टरमा उनलाई पृतनापति उपरथी सन्तोष बल्लभपौडेलले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै