दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन- अर्थमन्त्री पुन – Nepalboli

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन- अर्थमन्त्री पुन

   २०८१ असार २३, आईतवार  

अर्थमन्त्री वर्षमान पुनले एमाले र कांग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताउनुभएको छ। आइतबार संसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो। उहाँले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गर्नुभयो।

उहाँले संसद् फेस गरेर प्रधानमन्त्रीले एमाले र कांग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खोजेको बताउनुभयो। उहाँले संविधान संशोधन भनेको पश्चगमनतिर जानुभएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताउनुभयो।

उहाँले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जाँदा समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो रु भन्ने प्रश्नको जवाफ चाहेको बताउनुभयो। उहाँले एमाले काँग्रेस गणतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खोजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताउनुभयो। उहाँले सुशासनको पक्षमा काम गरेको र ठुला फाइल खोल्न सुरु गर्दा एमाले–काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाउनुभयो।

उहाँले सरकारले तत्काल कुनै पनि अनैतिक काम नगर्ने बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै