बूढानीलकण्ठमा ‘एक वडा एक पर्यटन गन्तव्य’ – Nepalboli

बूढानीलकण्ठमा ‘एक वडा एक पर्यटन गन्तव्य’

   २०८१ असार २२, शनिबार  

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले प्रत्येक वडामा कम्तिमा एउटा पर्यटन गन्तव्य बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा नगरपालिकाले ‘एक वडा एक पर्यटन गन्तव्य’ को रूपमा पहिचान गरी आवश्यक पूर्वाधारको विकास गर्ने उल्लेख छ ।

निजी पर्यटन उद्योगीलाई आवश्यक पर्ने भौतिक पूर्वाधारको सहज उपलब्धताका लागि नीतिगत सहजीकरण गर्ने उल्लेख छ ।

बूढानीलकण्ठ घुम्न आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन पर्यटन व्यवसायीहरूको सहकार्यमा कम्तिमा दुई दिनको पर्यटन भ्रमण प्याकेज निर्धारण गरी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै