दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार – Nepalboli

दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार

   २०८१ असार २२, शनिबार  

अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबान परेका २५ जनाको सशस्त्र प्रहरीले असार २२ गते सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २९ गण दाङ र नं ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहायताले उनीहरूको सकुशल उद्धार गरेको हो । सोही स्थानका करिब ५० घरहरू डुबानमा परेका थिए ।

उक्त घरपरिवारका सामान लगायत पशु चौपायाहरू समेत सुरक्षित स्थानमा सार्ने कार्य जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै