प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिनुहुने – Nepalboli

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिनुहुने

   २०८१ असार २१, शुक्रबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लाग्नुभएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्रीले संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाउनुभएको हो ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै