‘लामखुट्टे खोज तथा नष्ट’ अभियानका लागि आठ करोड विनियोजन – Nepalboli

‘लामखुट्टे खोज तथा नष्ट’ अभियानका लागि आठ करोड विनियोजन

   २०८१ असार २१, शुक्रबार  

सरकारले डेंगु बनाउने लामखुट्टे खोज तथा नष्ट अभियानका लागि करिब आठ करोड रकम विनियोजन गरेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगु लगायतका किटजन्य रोग नियन्त्रण गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि सात करोड ९८ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातै प्रदेशका स्थानीय तहलाई डेंगु लगायत किटजन्य रोगहरु नियन्त्रणका लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो । प्रदेश तथा जिल्लाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजि गरि लार्भा नष्ट गर्न ७७ वटै जिल्लामा प्रति जिल्ला दुई लाखका दरले बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

डेंगु रोकथाम तथा नियन्त्रण कार्य योजना २०८१ बनाएर काम गरेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर्ने अभियान सञ्चालन भइरहेको उहाँको भनाइ छ । यसैगरी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई डेंगु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा क्षमता अभिवृद्धी, महामारी तथा जोखिम क्षेत्रहरु समयमै पहिचान गर्न इडिसिडीले पूर्व चेतावनी तथा प्रतिवेदन प्रणालीमार्फत डेंगु रोगको निगरानी वर्ष भरिनै नियमित गरेको जानकारी दिनुभयो ।

प्रत्यक प्रदेशमा १–१ वटा ईन्टोमोलोजिकल ल्याब स्थापना गरी एकीकृत सर्भिलेन्सका कार्य गर्नुका साथै डेंगु रोगको स्क्रिनिङ्गका लागि आवश्कय परीक्षण किट मौज्दात रहेको उहाँको भनाइ छ ।

पानी पर्न सुरु भएकाले अब डेंगु सङ्क्रमण बढ्न सक्ने डा।दाहालको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनमा डेंगु सङ्क्रमण बढ्ने आँकलन गर्दै सचेत रहन आग्रह गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै