सुदूरपश्चिममा अत्यधिक वर्षा हुने पूर्वानुमान- उच्च सतर्कता अपनाउन आग्रह – Nepalboli

सुदूरपश्चिममा अत्यधिक वर्षा हुने पूर्वानुमान- उच्च सतर्कता अपनाउन आग्रह

   २०८१ असार २१, शुक्रबार  

सुदूरपश्चिममा तीन दिनसम्म अत्यधिक वर्षा हुने भएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ।सो कार्यालयका प्रमुख इ सञ्जयकुमार साहले तराईका कैलाली र कञ्चनपुर जिल्ला सतर्क रहनुपर्ने र पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनुपर्ने बताउनुभयो।

महाकाली बेसिनका प्रमुख इ साहका अनुसार शुक्रबार ११:३० पछिको तीन घण्टामा मात्रै ३६.६ मिलिमिटर पानी परेको छ। मनसुन न्यूनचापीय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले पनि गरेको छ।

वर्षाले कैलालीको भजनी क्षेत्र डुबानमा परिसकेको छ। ढल निकास नहुँदा प्रदेशको अस्थायी राजधानी धनगढीका केही टोल पनि डुबानमा छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै