आधारहीन समाचार प्रसारण नगर्न प्रहरीको ध्यानाकर्षण – Nepalboli

आधारहीन समाचार प्रसारण नगर्न प्रहरीको ध्यानाकर्षण

   २०८१ असार १९, बुधबार  

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले भ्रामक तथा आधारहीन समाचार प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुधबार प्रेस विज्ञप्ति जारी गरी केही अनलाइन मिडिया तथा पत्रपत्रिकामा आधारहीन तवरबाट समाजमा भ्रम तथा अफवाह फैलाउने हेतुले प्रहरी प्रधान कार्यालय, लाजिम्पाटले विभिन्न व्यक्तिको नाम तोकी पक्राउ गर्न खटिएको भनी असत्य समाचार प्रकाशन गरेको बताउनुभएको छ ।

ब्युरो प्रमुख तथा ब्युरोका सूचना अधिकारीसँग समेत अनुसन्धान तथा कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी आफूखुसी आम-जनमानसमा अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाइ अतिरञ्जित तवरबाट प्रकाशन तथा प्रसारण गरेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै