गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा हेर्दाहेर्दैमा – Nepalboli

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा हेर्दाहेर्दैमा

   २०८१ असार १८, मंगलवार  

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा मंगलवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि बुधवार हेर्दाहेर्दैमा राखिएको हो ।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको बताइएको छ ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै