कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण
कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०८०/८१ को चैतसम्म कुल चार हजार छ सय ६४ किलोमिटर सडक मर्मत, ग्राभेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गर्ने गरेको उक्त मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर आयुष जोशीले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार आव २०७५/७६ मा छ सय एक, आव २०७६/७७ मा ६१ दशमलव ५४, आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा एक सय छ दशमलव १६ र आव २०७९/८० मा दुई सय चार दशमलव ११ र आव २०८०/८१ को चैतमसान्तसम्म १६ दशमलव तीन गरी एक हजार ४० दशमलव २४ किलोमिटर सडक मर्मत गरिएको छ।
मन्त्रालयका अनुसार आव २०७५/७६ मा एक सय २८ दशमलव नौ, आव २०७६/७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७/८ मा एक सय ७५ दशमलव ३१, आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९/८० मा दुई सय ५९ दशमलव ३९, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय दुई दशमलव ३६ गरी एक हजार दुई सय ५७ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।
आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय ४१ दशमलव ५५, आव २०८०/८१ को चैत मसान्तसम्म एक सय एक दशमलव ४६ गरी जम्मा एक हजार एक सय दुई दशमलव ३८ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ ।
सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९/८० मा २०६ दशमलव ४८, आव २०८०/८१ को चैतमसान्तसम्म १०३ दशमलव ७१ गरी ५२७ दशमलव ९२ किलोमिटर निर्माण सम्पत्र गरिएको छ ।
सोही अवधिमा ढलान सडकतर्फ १७ दशमलव २८ , सोलिङ् सडकतर्फ ४७ दशमलव ८४ किलोमिटर कार्य सम्पत्र गरी ३७२ दशमलव ९३ किलोमिटर सडकको ट्रयाक खुला गरिएको अधिकारी जोशीले जानकारी दिनुभयो ।