प्रधानमन्त्री प्रचण्डले तत्कालै राजीनामा नदिने, विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालै राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
‘प्रधानमन्त्री ले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ उनले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजै बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।
गएको राती नेपाली काग्रेस र एमाले विच नयां सत्तासमिकरण वारेमा सहमती भएका छन । जस अनुसार एमाले अध्यक्ष केपी ओली नयां गठबन्धनवाट प्रधानमन्त्री बन्ने छन । ओली बालुवाटारबाट बाहिरिए पछि सुुरु भएको माओवादी केन्द्रका पदाधिकारी बैठकमा प्रम प्रचण्डले पछिल्लो सबै घटनाकमवारेमा बिफिंग गरेका थिए ।