९ बर्ष पछि कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति
ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने
नयां संबिधान बने संगै सत्ता सहकार्य तोडेर प्रतिस्पर्धाको राजनितीमा अघि वढेको नेपाली कांग्रेस र नेकपा एमालेले ९ बषै पछि बीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति गरेका छन । गए राति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको हो ।
दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो । सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ।
यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओली-देउवाबीच सहमति बनेको छ ।
यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।
नेपाली काग्रेस र एमालेले नया सरकार गठनका बारेमा गए राती नै राष्टपति रामचन्द्र पौडेल संग समेत छलफल गरेका छन । नेताहका अनुसार गए राती भएको सहमतीलाई अन्तिम रुप दिने तयारी छ । नेपाली काग्रेसले त्यस वारेमा छलफल गर्न पार्टीका पदाधिकारी बैठक बोलाएका छन ।
०७२ असोज ३ गते तत्कालिन संबिधानसभाले नयां संबिधान जारी गरे पछि काग्रेस र एमाले विचको सहकार्य टुटेको थियो ।